March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

प्रधानमन्त्रीको अभिव्यक्ति गलतः महामन्त्री शर्मा

1.2K

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई गलत भनेका छन् ।

फेसबुकमा पोष्ट गर्दै महामन्त्री शर्माले भनेका छन् –“नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो ।”

मित्र राष्ट्रहरुलाई मित्रताकै सिमामा राख्ने कर्तव्य मुलतः प्रधानमन्त्रीकै हुने कुरा उल्लेख गर्दै शर्माले लेखेका छन् –“आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो ।”

Advertisement

“प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुन्छ । सत्तारूढले नै प्रश्न गरेका छौं । प्रतिपक्षको त मुल कर्तव्य नै हो !” शर्माले फेसबुक पोष्टमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अहिले प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल एमालेले राजिनामा दिँदै अवरुद्ध गरिरहेको छ ।