September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान

580

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन्। श्रेष्ठ नेतृत्वको सात सदस्यीय टोली गएराति ११:२० बजे चीन भ्रमणका लागि प्रस्थान गरेको हो ।

पाँच दिने भ्रमणका लागि चीनको सिचुवान प्रान्तको  भ्रमणका लागि प्रस्थान गरेका गृहमन्त्री श्रेष्ठले आज छेन्दुमा आयोजना हुने पश्चिमी चिनियाँ अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहमा सहभागी भएर विशेष सम्बोधन गर्नेछन् ।

त्यस्तै सिचुवान विश्वविद्यालयमा भेटघाट तथा अवलोकनसहित त्यहाँ अध्ययनरत करिब  तीन सय विद्यार्थीहरूलाई सम्बोधन गर्ने  कार्यक्रम रहेको छ।

Advertisement

भ्रमणको क्रममा श्रेष्ठले भूकम्पपछि पुननिर्माण भएक यींग्छु  भूकम्पस्थल र जिपिङ्गपुस्थित हाइड्रो जक्सन तथा  दुजियाङ्गानस्थित सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थान परियोजनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ।

प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृहमन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका संवाददाता अशोक घिमिरे र अङ्गरक्षक बाबुराम खरेल छन्।