April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ उपमन्त्री सुन हायानबीच शिष्टाचार भेट

1.1K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छन् । दुईबीच
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो ।

माओवादी केन्द्रको औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हायान र प्रधानमन्त्री प्रचण्डबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उपमन्त्री हायानले नेपालमा रहँदा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । उनले आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतसँग भेटवार्ता गर्ने छिन् ।

Advertisement

सुनले व्यवसायीहरुसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।