काठमाडौं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटासहितको टोली चीन प्रस्थान गरेको छ । पूर्व सभामुख सापकोटा सहितको २० सदस्यीय टोली चीनको छिन्दु प्रस्थान गरेको हो ।
टोलीमा सापकोटासहित सचिव डिलाराम आचार्य, हितमान शाक्य, गणेश शाह, प्रदेश अध्यक्ष, जनवर्गीय संगठनका नेताहरु रहेका छन् ।
सापकोटा सहितको टोली चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबीच दुई देशबीचका अनुभव आदनप्रदान गर्ने उद्देश्यका साथ चीन भ्रमणमा गएको बताइएको छ ।




