May 10, 2025, Saturday
२०८२ बैशाख २७
1:37:26 pm

उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाले बोलायो बैठक

1.5K

काठमाडौं । उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान साढे ११ बजेका लागि बोलाएको हो ।

रास्वपाका अनुसार बैठकले उपराष्ट्रपति निर्वानमा पार्टीले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय लिने छ ।

शुक्रबार हुने उपराष्ट्रपतिको निर्वाचन कसलाई भोट दिने भन्ने बारे रास्वपाले हालसम्म निर्णय गरेको छैन । यसअघि राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिएको थियो ।

Advertisement