June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

उपराष्ट्रपतिमा महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगको निर्देशन

२०७९ फाल्गुन २६

1.8K

काठमाडौ । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनमा महिला उम्मेदवारको मात्र मनोनयन दर्ता गर्न निर्देशन दिएको छ। चैत ५ गते हुने निर्वाचनका लागि महिला उम्मेदवारको मात्र मनोनयन गर्न निर्देशन दिएको हो ।

शुक्रबार बसेको आयोगको बैठकले खस-आर्य बाहेकका समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनुपर्ने भन्ने कुरा संविधानमा लेखिएको भन्दै आयोगले त्यसै अनुसार निर्देशन दिएको आयोगले जनाएको छ ।
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेकाले खस-आर्य समुदायका महिलाले पनि उम्मेदवारी दिन नपाउने आयोगले जनाएको छ ।

Advertisement