June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

द्वन्द्वकालीन मुद्दाहरूलाई नियमित अदालतले टुंगो लगाउन खोजेको भन्दै माओवादी घटकहरूको संघर्ष गर्ने निर्णय

२०७९ फाल्गुन २६

1.9K

काठमाडौं । द्वन्द्वकालीन मुद्दाहरूलाई नियमित अदालतले टुंगो लगाउन खोजेको भन्दै माओवादी धारका दलहरूले संघर्षका कार्यक्रम ल्याउने निर्णय गरेका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका दलहरूको बैठकले सडक संघर्षमा जाने सम्मको तयारी गर्ने निर्णय गरेको हो ।

दलहरूले फागुन २८ गते १ बजे संयुक्त रूपमा पत्रकार सम्मेलन गर्ने र ३० गते सर्वोच्च अदालतको पछिल्ला गतिविधिबारे अन्तरक्रिया गर्ने निर्णय गरेको छ । आवश्यक परे सडक संघर्षमा जाने उनीहरूले बताएका छन्।

नेकपा माओवादी समाजवादीका अध्यक्ष लकर्णजित बुढाथोकीले शान्ति, स्थिरता हुँदै विकासको बाटोमा अगाडि बढेको बेलामा त्यसलाई रोक्ने प्रयास भएको बताए।

Advertisement

सिंगो माओवादी आन्दोलनका उपलब्धिलाई कमजोर बनाउन सर्वोच्च अदालतले आफ्नो अधिकारभन्दा बाहिर गइरहेको भन्दै यसकाविरूद्ध शक्ति प्रदर्शन गर्न जरूरी रहेको दलहरूले बताएका छन् ।