June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

नेकपा एसले राष्ट्रपतिमा पौडेललाई मतदान गर्ने

२०७९ फाल्गुन १७

1.1K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ मा हुँदैछ ।

बुधबार बसेको सचिवालय बैठकले पौडेललाई मतदान गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा सरकारमा जाने विषयमा भने अहिले कुनै छलफल नभएको उनले बताए । उनले राष्ट्रपतिको निर्वाचनका विषयमा पार्टीले गरेको निर्णयमा पार्टीभित्र कुनै मतभेद नभएको समेत दाबी गरे ।

Advertisement