May 10, 2025, Saturday
२०८२ बैशाख २७
1:37:26 pm

रास्वपाको कार्यवाहक सभापति र संसदीय दलको नेतामा डोलप्रसाद अर्याल

5.3K

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवहाक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिएको छ। नागरिकता विवादमा सर्वोच्च अदालतको पछिल्लो आदेशबाट पार्टी सभापति रवि लामिछाने पदमुक्त भएपछि शुक्रबार राती बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको हो।

पार्टीले हाल पार्टीमा उपसभापति रहेका अर्याललाई कार्यवहाक सभापतिको जिम्मा दिने निर्णय गरेको हो। समितिको बैठकबाट पार्टीको विधान बमोजिम अर्काे व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति डोल प्रसाद अर्याललाई पार्टीको कार्यवाहक सभापति चयन गरिएको पार्टी प्रवक्ता एवं महामन्त्री मुकुल ढकालले बताए ।

यस्तै, पार्टीको संसदीय दलको नेतामा पनि पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्याललाई नै चयन भएका छन् । अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत छन्। कार्यवहाक सभापति अर्याल रास्वपाबाट समानुपातिक सांसद हुन्। 

Advertisement