February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

बागी उम्मेदवारी दिएका नेविसंघ धनकुटा सभापति पार्टीबाट निष्कासित

2K

धनकुटा । नेपाली काँग्रेस धनकुटाले नेपाल विद्यार्थी संघका जिल्ला सभापति बालनन्द दाहाललाई पार्टीबाट निष्कासन गरेको छ । प्रदेशसभा निर्वाचनका लागि जिल्लाको क्षेत्र नं.२ बाट स्वतन्त्र उम्मेदवारी दिएका दाहालले अनुशासनविपरीत कार्य गरेको भन्दै नेपाली काँग्रेस धनकुटाले साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन गरेको हो ।

दाहालले पार्टीको अनुशासनविपरीत गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाले केन्द्रको निर्देशनअनुसार उनलाई कारबाही गरिएको नेपाली काँग्रेस जिल्ला सभापति दिनेश राईले विज्ञप्तिमार्फत जनाएका छन् ।

यस्तै, बागी उम्मेदवारलाई सघाउने वा सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने जो कोहीलाई पार्टीले कारबाही गर्ने तयारी गरेको सभापति राईले बताए । त्यस गतिविधिमा लाग्नेको प्रमाण जुटाउन पार्टी सुक्ष्म रुपमा लागिपरेको उनको भनाइ छ ।

Advertisement

धनकुटाको क्षेत्र नं. २ मा सत्ता गठबन्धनका तर्फबाट धनकुटा नगरपालिका ३ निवासी कुसुमकुमारी श्रेष्ठलाई उम्मेदवार बनाइएको छ ।