November 24, 2025, Monday
२०८२ मंसिर ९
1:37:26 pm

पाँचथरमा एक जनाको मात्र उम्मेदवारी फिर्ता , ३३ जनाको अन्तिम नामावली प्रकाशन

1.9K

पाँचथर । पाँचथर क्षेत्र नम्बर २ मा प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका एक जनाले मनोनयन फिर्ता गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा २ मा खड्क सुन्दर लावतीले मनोनयन फिर्ता गरेका हुन् ।

नेपाली कांग्रेसको तर्फबाट बागी उम्मेदवारी दिएका लावतीले मनोनयन फिर्ता गरेका हुन् । सत्ता गठवन्धन अन्तरर्गत पाँचथर प्रदेश २ नेकपा माओबादीको भागमा परेको छ । उक्त क्षेत्रमा सत्ता गठवन्धन नेकपा माओबादीको तर्फबाट प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले उम्मेद्वारी दर्ता गराएका छन् । लावतीले उम्मेद्धारी फिर्ता लिएसँगै प्रदेश २ मा ८ जना उम्मेदवार कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

१ नम्वर क्षेत्रमा २ स्वतन्त्र सहित १० तथा प्रतिनिधि सभा सदस्यमा ४ स्वतन्त्र सहित १५ गरी जम्मा ३३ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ । पाँचथरमा प्रतिनिधि सभाको चुनाबको लागि नेपाली काँग्रेसका केन्द्रीय सह महामन्त्री भीष्मराज आङ्देम्बेले सत्तारुढ गठबन्धनको तर्फबाट र पूर्वमन्त्री तथा नेपाल कम्युष्टि पार्टी (एमाले)का नेता बसन्त कुमार नेम्बाङको उम्मेदवारी छ ।

Advertisement

यस्तै,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जयबहादुर योङ्हाङ, राप्रपाका कमल बहादुर चेम्जोङ, नेकपा (माले)का दिनानाथ घिमिरे, राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्र प्रसाद कुरुम्बाङ, जसपा नेपालका प्रेमराज लावती, राष्ट्रिय स्वतन्त्र पार्टीका दलप्रसाद लिङ्देन, जन समाजवादी पाटी नेपालका भिमबहादुर तामाङ, राप्रपाका मदन कुमार पोख्रेल र मंगोल नेशनल अर्गनाईजेशनका राजकुमार तुम्रोकले उम्मेद्धारी दर्ता गराएका छन् ।

स्वतन्त्र उम्मेद्धारको रुपमा दल बहादुर आङ्देम्बे, बालकृष्ण काफ्ले, लाख बहादुर पालुङ्वा र बिष्टन लावतीले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आगामी मंसिर ४ गते हुने प्रदेश सभाको चुनाबमा पाँचथरबाट १८ जनाले उम्मेद्धारी दर्ता गरेका छन् । प्रदेशमा दुई वटा निर्वाचन क्षेत्र रहेको पाँचथरमा प्रदेश सभा ‘क’ मा १० र ‘ख’ मा ८ जनाले उम्मेदवारी दिएका हुन् ।

प्रदेश सभा ‘क’ का उम्मेदवार
कमल प्रसाद जबेगु – नकेपा एकीकृत समाजवादी (सत्तारुढ गठबन्धन)
राजकुमार भण्डारी – नेकपा एमाले
ओमनाथ बजगाई – राप्रपा
दुर्गा प्रसाद साँवा – राष्ट्रिय जनमुक्ति पार्टी
नेत्र कुमार बस्नेत – राप्रपा नेपाल
मचिन्द्र प्रसाद बेघा – जनता समाजवादी पार्टी
मनकुमार गुरुङ – मंगोल नेशनल अर्गनाईजेशन
सागर केरुङ – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
इन्दिरा धौराली – स्वतन्त्र
सञ्च कुमार केरुङ – स्वतन्त्र

प्रदेश सभा ‘ख’ का उम्मेदवार
इन्द्र बहादुर आङ्बो – नेकपा (माओवाली केन्द्र)सत्तारुढ गठबन्धन)
अइन्द्र सुन्दर नेम्बाङ – नेकपा (एमाले)
एविराज आङ्देम्बे – जनता समाजवादी पार्टी नेपाल
चन्द्रमाया बोहोरा – राप्रपा नेपाल
दिपेन्द्र चेम्जोङ – संघीय लोकतान्त्रिक राष्ट्रि मञ्च
बल बहादर बुर्जा मगर – मंगोल नेशनल अर्गनाईजेशन
सगुन सुन्दर लावती – राप्रपा
सुर्यहाङ तुम्बापो – राष्ट्रिय जनमुक्ति पार्टी