November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

वाम–लोकतान्त्रिक शक्तिहरू एक हुन जरुरी छ: प्रचण्ड

1.8K

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम–लोकतान्त्रिक शक्तिहरू एक हुन जरुरी रहेको बताएका छन् । आइतबार बकर ईदको अवसरमा मुस्लिम धर्मावलम्बीहरूलाई शुभकामना दिंदै उनले जनयुद्ध र जनआन्दोलनका उपलब्धिको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रा तय गर्न वाम–लोकतान्त्रिक शक्तिहरू केन्द्रीकृत हुनपर्ने बताएका हुन् ।

‘मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धिहरूको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डो¥याउन परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्तिहरू एकीकृत र केन्द्रीकृत हुन जरुरी छ ।’, प्रचण्डले शुभकामना सन्देशमा भनेका छन् ।

यस्तै, प्रचण्डले भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इस्लाम धर्मावलम्बीहरुको यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास लिएको बताएका छन् ।

Advertisement