काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विभाजन भएको छ । संगठनमा अध्यक्ष पञ्चा सिंहले एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर समिति घोषणा गरेका हुन् ।
कार्कीको नेतृत्वमा १ सय ९९ सदस्यीय आयोजक समिति निर्माण गरेका एक सदस्यले जानकारी दिए । उनका अनुसार सो आयोजक समितिले संगठनलाई विधान बमोजिम काम कारबाही गराउन र सम्मेलनको तयारी गर्नेछ ।
अध्यक्ष सिंहको समूहले विधान विपरित पदाधिकारी तथा केन्द्रीय समितिको सङ्ख्या थपे पछि आपत्ति जनाउँदै आएको तर अध्यक्षले अनुरोध नमानेको असन्तुष्ट समूहका भनाइ छ ।




