काठमाडौं । नेपाल सरकारले सम्झौता गर्न लागेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) स्वीकार्य हुन नसक्ने भनी राष्ट्रिय जनमुक्ति पार्टीले कडा विरोध जनाएको छ । यस सम्बन्धमा आज प्रेस विज्ञप्ति जारी गरी विरोध गरेको हो ।
पार्टी अध्यक्ष खड्ग प्रसाद (केपी) पालुङवा र कार्यकारी अध्यक्ष केशव सूर्यवंशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्री शेर बहादुर देउवाले स्टेट पार्टनरसीप प्रोग्राममा सहमति र हस्ताक्षर हुनेछैन भनी देश र जनतालाई विश्वस्त बनाउनु पर्ने माग समेत गरिएको छ ।
विज्ञप्तिको पूर्ण पाठ:
२०७९ असार १ गते ।
प्रेष विज्ञप्ति ।
गोप्य रुपमा नेपाल र अमेरिकी सरकारबीच सम्झौता गर्न खोजिएको स्टेट पार्टनरसीप प्रोग्राम (क्एए) नामको दश बुँदे सम्झौता पत्र सार्वजनिक भएसंगै उठेको तरङ्ग र सम्झौताको विषयवस्तु प्रति राष्ट्रिय जनमुक्ति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
हाम्रो असंलग्न परराष्ट्र नीतिको वर्खिलाप, भूराजनीतिक संवेदनशिलतालाई असर पार्ने, नेपाली सेनालाई कथित सहकार्यको नाममा अनन्तकालसम्म शक्ति राष्ट्र अमेरिका नियन्त्रित सैन्य दस्ता बनाउने र नेपाली भूभागमा अमेरिकी सैन्य गतिविधि खुल्ला गर्ने जस्ता दीर्घकालिन रणनीतिक योजना अन्तर्गतको उक्त सम्झौता कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन र हुनु हुँदैन भन्ने राष्ट्रिय जनमुक्ति पार्टीको ठहर छ ।
जनस्तरमा व्यापक रुपमा विरोधका बीच गत २०७८ फागुन १५ गते मिलेनियम च्यालेन्ज कर्पोरेशन (एसपीपी) सम्झौता पारित गरिनु अन्ततः नेपाल र नेपालीको हितमा थिएन, हुनेछैन भन्ने जनमत रहेकै बेला पुनः शक्ति राष्ट्र अमेरिकाको स्वार्थ अनुकूल र नेपालको सार्वभौमसत्ता मिच्ने गरी आएको अर्को सम्झौता ‘स्टेट पार्टनरसीप प्रोग्राम (क्एए)’ अनुमोदनको गुपचुप प्रयासमा नेपाल सरकार नै लागी परेको घट्नाले सबै राष्ट्रवादी, स्वाभिमानी नेपालीहरुलाई अत्यन्त चिन्तित र गम्भीर बनाएको छ ।
अतः ःऋऋ सम्झौता खारेजीका साथै अमेरिकी सरकारको तर्फबाट प्रस्तुत दश बुँदे सैन्य सम्झौता प्रस्ताव (क्एए) विरुद्ध सबै राष्ट्रवादी, देशभक्त शक्तिहरुका साथै संगठित भएर जनस्तरबाट समेत व्यापक रुपमा यसको विरुद्ध खबरदारी गरिनु पर्छ भन्ने समेत हाम्रो बुझाई र अपील रहेको छ । साथै, नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाको आसन्न अमेरिका भ्रमणमा यो स्टेट पार्टनरसीप प्रोग्राम (क्एए) मा सहमति र हस्ताक्षर हुने छैन भनी देश र जनतालाई विश्वस्त गराउन समेत राष्ट्रिय जनमुक्ति पार्टी जोडदार माग गर्दछ ।
केशव सूर्यवंशी खड्ग प्रसाद पालुङ्वा
(कार्यकारी अध्यक्ष) (अध्यक्ष)