काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । खुमलटार पुगेका राजदूत बेरी र अध्यक्ष दाहालबीच भेटवार्ता जारी छ ।
अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चारदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् । त्यसकै तयारीका लागि राजदूत प्रचण्डसँगको भेटवार्तामा सरिक भएको जनाईएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको गृहकार्य भइरहेका बेला फ्लिनको चार दिने नेपाल भ्रमण हुन लागेको हो ।




