काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका कमलेशशरण चौधरी विजयी भएका छन् । चौधरीले जनता समाजवादी पार्टीका निसारअहमद खाँलाई २ सय ९९ मतान्तरले पराजित गरी विजयी बनेका हुन् ।
मत परिणाम अनुसार चौधरीले ४ हजार ४ सय ८१ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी खाँले ४ हजार १ सय ८२ मत ल्याएका थिए ।
त्यस्तै, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका होमप्रकाश चौधरी विजयी भएका छन् । उनले ५ हजार १ सय ३ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका चादनी चौधरीले ३ हजार २ सय २३ मत ल्याएकी छन् ।




