November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

दुधौली नगरपालिकाको मेयरमा माओवादी केन्द्रका दिनेश अधिकारी दनुवार निर्वाचित

2.5K

सिन्धुली । दुधौली नगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका दिनेश अधिकारी दनुवार निर्वाचित भएका छन् ।

दनुवारले १५ हजार ८३८ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मण कार्कीले १० हजार ६५२ मत पाए ।

निर्वाचित दनुवार ०७४ मा एमालेसँग झिनो मतअन्तरले पराजित भएका थिए । उनले दोस्रो पटकमा सफलता हात लगाएका छन् ।

Advertisement

यस्तै, उपमेयरमा कांग्रेसका चन्द्रकिशोर थारु निर्वाचित भए । थारुले १४ हजार २१३ मत प्राप्त गर्दा एमालेकी बालकुमारी अधिकारी दनुवारले १० हजार ६११ मत पाइन् ।

१४ वटा वडा रहेको दुधौलीमा १,३,४,५,६,७, र ८ नम्बर कांंग्रेसले जितेको छ । २,९,१०,११ एमाले र १२,१३,१४ माओवादी केन्द्रले जितेका छन् । दुधौलीलाई दनुवार समुदायको उद्गम स्थल मानिन्छ ।