April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

राप्रपाको बैठक सुरु, थापा पक्षले निर्मल निवासले गरेको हस्तक्षेपबारे कुरा उठाउने

2.6K

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्द्नले बोलाएको निर्वाचित कार्यसमितिको पहिलो बैठक पार्टीको कार्यलय धुम्बाराहीमा सुरु भएको छ ।

राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी सहभागी रहेको सो बैठकमा निवर्तमान अध्यक्ष कमल थापा भने सहभागी भएका छैनन् ।

थापा बैठकमा अनुपस्थित हुनुको कारणबारे स्पष्ट कारण खुलेको छैन । यद्यपी बैठकमा बोलाएकोबारे आफूलाई जानकारी नभएको थापा निकट स्रोतले जनाएको छ ।

Advertisement

थापाले पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवास सचिवालयले आफूलाई हराएको आरोप लगाइरहेका छन् । बैठकमा थापा पक्षले पार्टीको आन्तरिक राजनीतिमा निर्मल निवासले गरेको हस्तक्षेपबारे कुरा उठाउने भएका छन् ।

बैठकमा तीनै जना पूर्वअध्यक्षहरुलाई बोलाएको राप्रपाका एक केन्द्रीय नेताले बताए ।

आज हुने बैठकमा अध्यक्ष लिङ्देनले निर्वाचित कार्यसमितिको एजेन्डा राख्ने बताइएको छ ।