बिराटनगर । मोरङ र सुनसरीबाट लागुऔषध सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको प्रहरी चौकी सिक्टिबाट खटिएको प्रहरी टोलीले मोरङको सुनबर्षी नगरपालिका–९ स्थितबाट वेवारिसे अवस्थामा कपडाको झोला भित्र राखेको अवैध लागूऔषध–त्चबmबमय ि५ हजार क्याप्सुल फेला पारी बरामद गरेको हो ।
त्यसैगरी सुनसरीको धरान–६ बाट सोही स्थानका २६ बर्षीय राकेश परियार र २८ बर्षीय धर्मचन्द्र गिरीलाई २ ग्राम ३ सय १० मिलिग्राम ब्राउन सुगरसहित सुनसरीको प्रहरी चौकी पानबारीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।