November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नेकपा स्थायी कमिटी बैठक पुस १ गते बस्ने

2.8K

काठमाडौं–सत्तारुढ नेकपा स्थायी कमिटी बैठक पुस १ गते बस्ने भएको छ। आइतबारको बैठक पार्टी केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक मनाएर सकिएको हो।

अब बस्ने बैठकमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले पेश गरेका प्रतिवेदनका विषयमा छलफल हुने भएको छ।  गत मंसिर २१ गतेदेखि सुरु भएको बैठक जारी छ। यसअघि बसेको स्थायी कमिटी बैठक असार १० गतेदेखि सुरु भई भदौ २६ मा सकिएको थियो।

पार्टीमा एकपछि अर्को विवाद थपिँदै जाँदा बैठक लम्बिएको थियो। यस पटकको स्थायी कमिटी बैठकमा पनि विवाद उत्कर्षमा पुगेको छ। पार्टीमा अध्यक्ष केपी ओली पक्ष र अर्का अध्यक्ष प्रचण्ड–नेपाल पक्षबीच विवाद छ। एकले अर्को पक्षलाई दबाबमा राख्न निरन्तर लागिरहेका छन्।

Advertisement