काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन प्रतिनिधिको चुनाव गर्ने मिति तोकेको छ । विहिबार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीका त्रय अध्यक्षहरुको बैठकले यही मंसिर ३, ४ र ५ गते महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निर्णय गरेको हो ।
राप्रपाले कात्तिक २८ भित्र सक्रिय सदस्यताको शूल्क तिर्न पनि निर्देशन दिएको छ । शूल्क नतिरे सक्रिय सदस्यता स्वतः खारेज गरिदिने चेतावनी पार्टीको छ । साथै कात्तिक ३० मा सक्रिय सदस्यको सूची जिल्लाहरूमा पुग्ने भएको छ । सक्रिय सदस्य सूचीमा मंसिर १ र २ मा दाबी विरोध गर्न पाइनेछ ।
राप्रपाको महाधिवेशन मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । राप्रपाको इतिहासमा पहिलो पटक क्रियाशील सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन हुँदैछन् ।