April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेकपाको केन्द्रीय कार्यालयमा सुरक्षा व्यवस्था कडा

2K

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको लागि नेताहरू पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पुग्न थालेका छन् ।

अहिले पार्टी केन्द्रीय कार्यालय बाहिर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र नेपाली सेनाका कुकुरलाई समेत गस्ती गराइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने सम्भावना रहेकाले सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको प्रहरीले जनाएको छ । पहिलाे घेरामा नेपाल प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी राखिएको छ ।  

Advertisement