काठमाडौं । पाँचथरमा निमावि स्तरीय अन्तर-विद्यालय हाजिरी जवाफ प्रतियोगिता तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
माघ २१ मा सेन्ट जेभियर्स स्कुल गोदावरीका पुर्व विद्यार्थीहरुको संस्था ‘गोदावरी एल्मुनाइ एसोसिएसन काठमाडौ’को प्रायोजनमा याङ्वरक- १, २ र ३ मा रहेका ८ वटा स्कुलहरूबीच प्रतियोगिता तथा कपडा वितरण कार्यक्रम गरिएको हो ।
च्यङ्थापुस्थित विष्णु माविको आयोजनामा सोही विद्यालयमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता सोही विद्यालयका प्राचार्य र प्रमुख आतिथ्यता वडा च्याङ्थापुका वडा अध्यक्ष र विशेष अतिथि प्रायोजक संस्थाका अध्यक्ष, सचिव, कोषाध्यक्ष, च्याङ्थापु फलैंचा सरोकार समाज नेपालका अध्यक्ष शरद अधिकारी र
मध्यस्थकर्ता आयुश अधिकारी र शरद अधिकारी रहेक थिए ।
प्रतियोगितामा प्रथम विष्णु माविले नगद १५ हजार ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गरे भने द्वितीय भएको सिंहकाली आधारभूत विद्यालयले नगद १० हजार, ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गरे । यस्तै, तृतीय भएको बुद्ध माविले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गरेको छ ।