November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पाँचथरको फालेलुङमा खादा, ब्याच र प्लाटिकका माला प्रयोग गर्न रोक

1.5K

पाँचथर । जिल्लाको फालेलुङ गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरुमा खादा, ब्याच र प्लाटिकका माला प्रयोग गर्न रोक लगाएको छ ।

कार्यपालिका बैठकमा भएको निणर्य सार्बजनिक गर्दै गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट व्ययभार हुने कुनै पनि कार्यक्रममा यस्ता सामग्री प्रयोग नगर्न भनेको हो ।


‘गाउँपालिकाको बिनियोजित बजेटबाट ब्ययभार हुने सभा, सम्मेलन, तालिम गोष्ठी सहितका सार्वजनिक कार्यक्रममा यस्ता सामग्री प्रयोग नगर्न जानकारी गराइन्छ, कुनै निकायले यस्ता सामग्री प्रयोग गरेर बील भपाई पेश गरेमा भुक्तानी दिइने छैन,’ पालिकाबाट जारी सूचनामा भनिएको छ ।

Advertisement

आयातित सामग्रीको साटो स्थानिय फूलका माला र सल्ला वा पिपलका पात र गुच्छा प्रयाेग गर्न जस्काे कारण वातावरणीय हिसावले र आर्थिक हिसावले समेत ठिक हुने गाउँपालिका अध्यक्ष बीरबिक्रम थाम्सुहाङले बताए ।
प्रयोग नगरी नहुने धार्मिक कार्यक्रममा भने खादा प्रयोगमा कडाइ गरिने छैन ।

यो निणर्य गाउँपालिकामा रहेका सवै सरकारी कार्यालय, शैक्षिक र सामाजिक संस्थाहरुमा लागु हुने प्रमूख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेले बताए ।