April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

‘लैंगिक हिंसा विरुद्दको १६ दिने अभियान’ अन्तर्गत पाँचथरमा र्‍याली

1.8K

पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिकामा ‘लैंगिक हिंसा विरुद्दको १६ दिने अभियान’ अन्तर्गतको कार्यक्रम सम्पन्न भएको छ । मंगलबार गाउँपालिका र इलाका प्रहरी कार्यालय रवि पाँचथरको संयुक्त आयोजनामा र्‍यालीसहित लैंगिक हिंसा विरुद्धको कार्यक्रम गरिएको हो ।

गाउँपालिकाको वडा नम्बर ४ रविबजारमा भएको उक्त कार्यक्रममा पालिक प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधीहरू, प्रशासकीय अधिकृत, इलाका प्रशासन कार्यालय रविका कार्यालय प्रमुख,सामुदायिक तथा निजि विद्यालयहरुका शिक्षक, विद्यार्थीहरू, संचारकर्मी, राष्ट्रसेवक कर्मचारी, महिला, बालबालिका, व्यवसायीहरू, समाजसेवी लगायत लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

रविबजार रवि कर्ण चोकबाट जनचेतनामूलक प्लेकार्ड, माईकिङसहित र्‍याली निकालिएको थियो रवि बजार परिक्रममा गरी रविकर्ण चोकमा कोण सभामा परिणत गरिएको उक्त कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले जनचेतनामूलक सडकनाटक, नृत्य तथा वकृत्वकला प्रस्तुत गरेका थिए।

Advertisement

कार्यक्रममा कला प्रस्तुत गर्ने विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।