विराटनगर । “विश्व आत्महत्या रोकथाम दिवस” को अवसरमा पाँचथरमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । जिल्लाको फिदिम नगरपालिका वडा नं. ४ गढीस्थित श्री गढी माध्यमिक विद्यालयमा आइतबार कार्यक्रम सम्पन्न गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा सोही विद्यालयमा अध्ययनरत छात्र/छात्रा, शिक्षक/शिक्षिकाहरु समेतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम यस कार्यालयका प्रहरी सहायक निरीक्षक रबिन पाण्डेले सहजिकरण गरेका थिए ।