November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रहरीको ३२ औं आईजीपीमा चन्द्र कुबेर खापुङ नियुक्त

1.4K

काठमाडौं । प्रहरी महानिरीक्षक(आईजीपी)मा चन्द्र कुबेर खापुङ नियुक्त नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) प्रमुखका रूपमा रहेका एआईजी खापुङलाई नयाँ आईजीपी नियुक्त गरेको हो ।

यो निर्णयसँगै खापुङ भदौ १८ गतेदेखि नेपाल प्रहरीको ३२ औं महानिरीक्षकको जिम्मेवारीमा हुनेछन् ।

तेह्रथुममा जन्मेका खापुङ २०५२ सालमा नेपाल प्रहरीको सेवामा प्रवेश गरेका थिए । उनी अहिले केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखको जिम्मेवारीमा छन् ।

Advertisement