November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किए दुर्घटना

990

काठमाडौं । सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार छुट्टाछुट्टै दुई गाडी एकापसमा ठोक्किएका
छ ।

भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल सवार से.१ झ ३३० र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार बा.२ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएका हुन् ।

प्रहरीकाअनुसार दुबै गाडीमा क्षति पुगेको छ । मानवीय क्षति भने भएको छैन ।

Advertisement

हिरासिंहको गाडी सुरेन्द्र पालको भन्दा अगाडि रहेको थियो । उनको गाडीमा पछाडि रहेको पालको गाडी ठोक्किएको थियो ।