इमाडोल । ललितपुरको बालकुमारीमा मिनी ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । शनिबार बिहान साढे ४ बजे ललितपुरको बालकुमारी स्थित ग्वार्कोबाट कोटेश्वर जाँदै गरेको बा ४ ख २४७७ नम्बरको ट्रकको ठक्करबाट बाटो काट्दै गरेका एक युवतीको मृत्यु भएको हो ।
ठक्करबाट काभ्रेको २४ वर्षीया सुस्मिता भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बि एन्ड बी हस्पिटल लगिएकोमा ४ः४३ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मिनी ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसेका २२ वर्षीय राजेश मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




