May 12, 2025, Monday
२०८२ बैशाख २९
1:37:26 pm

स्कारपियो दुर्घटना हुँदा एकजनाको मृत्यु ६ घाइते

605

विराटनगर । उदयपुरको कटारी नगरपालिका–६ स्थित मदन भण्डारी लोकमार्गमा मे.१ च ३०४० नम्वरको स्कारपियो गाडी दुर्घटना हुँदा गाडीमा सवार १ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् ।

विहीबार अपरान्ह चितवनबाट झापा तर्फ जादै गरेको स्कारपियो गाडी आफै अनियन्त्रित भई सडक साईडमा लगाएको फलामको बेरियरमा ठक्कर लागी दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाईते भएका उनीहरुलाई तत्काल प्रहरीले उद्दार गरी उपचारको लागि कटारी अस्पताल लगेकोमा अस्पताल पु¥याउनासाथ झापा दमक नगरपालिका–३ का ५५ बर्षीय माधब बस्नेतको मृत्यु भएको थियो ।

Advertisement

गाडी चालक दमक–९ का ३८ बर्षीय देबेन्द्र तामाङलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ भने घाईते भएका दमक–१० का ४९ बर्षीय राजेन्द्र प्रसाद भण्डारी, दमक–१ का ४५ बर्षीय ज्ञानेन्द्र गौतम, दमक–६ का ५४ बर्षीय कमल श्रेष्ठ, दमक–२ का ३८ बर्षीय नबिन खतिवडा र गौरादह नगरपालिका–१ का ५४ बर्षीय भुवन दाहाललाई थप उपचारको लागी न्यूरो अस्पताल बिराटनगर पठाईएको प्रहरीले जनाएको छ ।