November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

रोल्पामा सिमेन्ट बोकेको टेलर दुर्घटना हुँदा एकको मृत्यु

1.1K

काठमाडौं । रोल्पामा सिमेन्ट बोकेको टेलर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक दाङको घोराही उपमहानगरपालिका–११ हापुरका २९ वर्षीय आयुष गिरीको घटनास्थलमै मृत्यु भएको हो ।

घोराहीबाट नुवागाउँतर्फ जाँदै गरेको ना १ क ६९६८ नम्बरको सिमेन्ट बोकेको टेलर त्रिवेणी गाउँपालिका–२, दुईखोलीमा दुर्घटनामा परेको हो ।

टेलर चालक रोल्पा परिवर्तन गाउँपालिका–२ का करिब ३० वर्षीय कृष्ण प्रसाद डाँगी गम्भीर घाइते भएको रोल्पा प्रहरीले जनाएको छ ।

Advertisement

घाइते डाँगीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको र दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका डाँगीलाई थप उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

टेलर सडकबाट करिब १५० मिटर तल खोलामा खसेको छ ।