April 28, 2025, Monday
२०८२ बैशाख १५
1:37:26 pm

बागलुङमा पिकअप जिप पल्टिँदा ११ जना घाइते

680

काठमाडौं । बागलुङको तमानखोलामा यात्रु बोकेको पिकअप जिप पल्टिँदा ११ जना घाइते भएका छन् ।सोमबार दिउँसो १ बजे ग १ ज ५७०५ नम्बरको जिप तमानखोला गाउँपालिका-२ को कटेरीमा ब्रेक फेल भएर गाडी सडकमै पल्टिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार घटनामा गलकोट नगरपालिका-१ की ३० वर्षीय मुना विक र रुकुम चौरजहारी नगरपालिका-१३ का २३ वर्षीय नवीन मल्ल गम्भीर छन् । विकको शरीरका विभिन्न भागमा र मल्लको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

घटनास्थल सदरमुकामदेखि १ सय २० किमि पश्चिमको ग्रामीण बस्तीमा पर्छ ।

Advertisement

गम्भीर घाइतेलाई बुर्तिबाङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धौलागिरि अस्पतालमा पठाइएको छ भने अन्यको बुर्तिबाङमै उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङ र बोङगादोभान प्रहरी चौकीबाट गएको टोली र स्थानीयले घटनाको उद्धार गरेका थिए ।