April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

परीक्षामा उत्तीर्ण गराइदिने प्रलोभन देखाई ठगी गर्न खोज्नेसँग सावधान रहन प्रहरीको अनुरोध

690

विराटनगर । नेपाल प्रहरीले अन्तर्वार्तामा पास गराउने भन्दै रकम असुली गर्नेहरुबाट सावधान रहन अनुरोध गरेको छ । कोशी प्रदेश प्रहरी कार्यलय विराटनगरले एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

“२६ गते प्रहरी जवान पदको विज्ञापन भई लोक सेवा आयोगबाट परीक्षा सञ्चालन भएकोमा मिति २०८१।०८।०१ गते लिखित परिक्षाको नतिजा प्रकाशन भएको व्यहोरा सबैमा विदित नै छ । निकट भविष्य मा हुन गइरहेको अन्तर्वार्ता परीक्षामा उत्तीर्ण गराइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिको नाम लिई रकम माग गर्ने, उठाउने कार्य भैरहेको भन्ने जानकारी प्राप्त हुन आएको हुँदा त्यस तर्फ सचेत रहन सबैलाई अनुरोध छ,” जारी सूचनामा उल्लेख छ ।

साथै त्यसरी रकम माग गरी ठगि गर्ने व्यक्तिहरू उपर कानून बमोजिम कारवाही गर्ने समेत सूचनामा उल्लेख छ । यस्ता खालको गतिविधिको विषय आए प्रहरी जानकारी गराउनसमेत नेपाल प्रहरीले अनुरोध गरेको छ ।

Advertisement