March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

२०८१ कार्तिक ३०

700

काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बर को बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको दार्चुला प्रहरी कार्यालयले जनाएको छ।

शुक्रबार बिहान तिर्थालु बोकेको जिप ग्वानीको बजानी नजिक सिराडको खोलामा जिप दुर्घटना भएको र मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले प्रहरीले जनाएको छ।

जिप सडकबाट धेरै तल खसेकाले केही यात्रु घाइते भएको हुनसक्ने र रातिको समयमा दुर्घटना भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

Advertisement