April 16, 2025, Wednesday
२०८२ बैशाख ३
1:37:26 pm

प्रधानमन्त्री ओली, देउवा, आरजु लगायतविरुद्ध अख्तियारमा उजुरी

२०८१ कार्तिक २१

790

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अख्तियारमा भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्न माग गर्दै उनीहरुविरुद्ध अधिवक्तासमेत रहेका युवराज पौडेल सफलले उजुरी दर्ता गराएका हुन् ।

पौडेलले नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, कांग्रेस नेतृ मन्जु खाँण, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर र प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्यविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

Advertisement

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीहरु मुछिएको भए पनि अनुसन्धान नभएको भन्दै भ्रष्टाचार निवारण ऐन बमोजिम मुद्दा चलाई कारबाही गर्न माग गरेका छन् ।

प्रधानमन्त्री ओली लगायतले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुसँग भेटेको भन्दै उनीहरुको संलग्नता देखिएको आरोपपत्रमा उल्लेख छ ।