विराटनगर । उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस दुर्घटनामा पर्दा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुरकी २१ वर्षीया मैया राई रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कञ्चनरुप नगरपालिका बरमझियामा बस दुर्घटना भएको हो । दुर्घटनामा २६ जना घाइते भएका छन् । कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठजना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ ।
प्रहरीका अनुसार विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा बस दुर्घटनामा परेको हो ।