March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

कार र मोटरसाइकल एकआपसमा ठोक्किदा प्रहरी जवानको मृत्यु

730

विराटनगर । मोरङमा कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेम ३२ वर्षीय चित्रसागर राई रहेका छन् । उनी मोटरसाइकल चालक हुन्। 

प्रहरीकाअनुसार बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक आइतबार साँझ दुर्घटना भएको हो। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर साँझ ६:४० बजेतिर दुर्घटना भएको हो।

संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राई सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत थिए। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको र अस्पताल ल्याइपुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीकाअनुसार शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ।

दुर्घटनालगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।