April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सप्तकोशी नदीमा खसेको बसका सबै यात्रुको उद्दार

1.2K

विराटनगर । सप्तकोशी नदीमा खसेको यात्रुवहाक बसका सबै यात्रुको उद्दार गरिएको छ ।

विहीबार साँझ पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलको सप्तरी तर्फको क्षेत्रबाट खसेको को १ ख ४६०१ नम्बरको बसका सबै यात्रुको उद्दार गरिएको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार बसमा रहेका सबै २६ जना यात्रुको उद्धार गरिएको हो ।

Advertisement

बस विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको थियो । बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ ।