April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सरकारी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु

625

कास्की । मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा सरकारी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

प्रहरीको अनुसार रा १ झ २०० नम्बरको सरकारी पिकअप गाडी आज बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल खस्दा दुई महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

शव भिरमा अप्ठ्यारो ठाउँमा रहेकाले निकाल्न कठिन भइरहेको प्रहरीले जनाएको छ । मृतकको पहिचान पनि खुलेको छैन ।

Advertisement

एक जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि धवलागिरि अस्पताल बागलुङ पठाइएको प्रहरीले जनाएको छ ।