विराटनगर । सुनसरीको गढी गाँउपालिका-२ भमरी चोकमा टेम्पुको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय प्रमोद साह हलुवाईको ४ बर्षीय छोरा प्रमन साह हलुवाई रहेका छन् ।
प्रहरीका अनुसार भदौ १७ गते साँझ साढे ६ बजे को. २ ह १८३७ नम्बरको टेम्पुले बाटो क्रस गर्दै गरेको बालकलाई ठक्कर दिँदा घाईते भएका उनलाई उपचारको लागि बिराट टिचिङ अस्पताल लागिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने टेम्पु र चालक दुहबी नगरपालिका-१० का ४० बर्षीय राम कुमार हरिजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।