April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

635

काठमाडौं । मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका– १९ नेवारपानीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडा–९ का २५ वर्षीय अभिषेक सुवेदी मृत्यु भएको हो ।

प्रहरीका अनुसार सोमबार बिहान हेटौँडाबाट मनहरीतर्फ जाँदै गर्दा सुवेदीले चलाएको बा प्र ०२–०२२ प २५०२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०३–००१ ख २०८६ नम्बरको ट्रकले ठक्कर दिएको हो।

नवलपरासीबाट झापाका लागि सिमेन्ट लोड गरी गुडेको उक्त ट्रकले सुवेदी सवार मोटरसाइकललाई हेटौँडा उपमहानगरपालिका– १९ नेवारपानीस्थित कोसिस पेट्रोल पम्प नजिक पूर्व–पश्चिम सडकखण्डमा ठक्कर दिएको थियो।

Advertisement

ठक्करबाट घाइते भएका सुवेदीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।

ट्रकचालक दाङको गडुवा गाउँपालिका– २ का २३ वर्षीय चन्द्रप्रसाद चौधरी र ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।