May 4, 2024, Saturday
२०८१ बैशाख २२
1:37:26 pm

झापा शिवसताक्षीमा मोटरसाइकल र बोलेरो ठोक्किदा ३ जनाको मृत्यु

480

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका-८ मा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

आज बिहान साढे ५ बजेको समयमा दमकबाट सुरुङगातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०१-००१ च. ९३२९ नम्बरको बोलेरो एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाईकलमा सवार रहेका कमल गाउँपालिका-४ का २५ वर्षीय मौषम राई, २० वर्षीय युनिश भण्डारी र १७ वर्षीय सरोज रेग्मी घाइते भएका थिए ।उनीहरूलाई उपचारको लागि झापाको बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारको क्रममा तिनै जनाको मृत्यु भएको हो ।

Advertisement

घटनामा संग्लग्न बोलेरो चालक मेचीनगर-६ झापाका ऋषि राज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएक छ ।