May 2, 2024, Thursday
२०८१ बैशाख २०
1:37:26 pm

जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ जना घाइते

590

भक्तपुर । दोलखामा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दोलखाको भीमेश्वर नगरपालिपका- १ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा४ ख ५६१६ नम्बरको बस दुर्घटना भएको हो । 

जन्ती बोकेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथली नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ।

Advertisement

स्थानीय र प्रहरीले घाइतेलाई उद्वार गरेर धुलिखेल अस्पताल र खाडीचौरको सदाबहार अस्पताल लैजाँदै गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।