काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका-२ स्थित बेलामा बस र सुमो ठोक्किँदा ७ जना घाइते भएका छन्। बिहीबार बिहान साढे ११ बजे काभ्रेस्थित बीपी राजमार्ग हुँदै भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस र विपरीत दिशाबाट जादै गरेको ना १ ज ४३७७ नम्बरको सुमो ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार सुमोमा सवार १० यात्रुमध्ये ७ जना घाइते भएका छन् । घाइते हुनेमा सुमो चालक धनुषा जिल्लाको यज्ञभूमि नगरपालिका-८ का ५५ वर्षीय बुर्गा मगर, महोत्तरी बर्दिबासकी ५२ वर्षीया रासुदेवी महरा, बर्दिबासकी ४८ वर्षीया सुमिन्द्र देवी, महोत्तरीकी ३९ वर्षीया दुर्गा बराइली, सर्लाही लालबन्दीकी ३५ वर्षीया सबिना थपलिया, सबिनाका ८ वर्षीय छोरा सहन्या थपलिया र महोत्तरी–३ का ३४ वर्षीय सुमन बिक रहेका छन् ।
उनीहरूको जिल्लास्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




