February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

नेपाल प्रहरीमा १८५६ पदपूर्तिका लागि आवेदन माग

1.1K

काठमाडौं । नेपाल प्रहरीले रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।

खुला तथा समावेशीसहित प्रहरी जवान पदका १ हजार ८ सय ५६ पदका लागि आवेदन माग गरिएको छ ।

त्यसैगरी भान्छेका लागि ६३, हजाम ७ जना, कुचिकार २० जना र खेलाडी १४ जनाका लागि पनि आवेदन आव्हान भएको छ ।

Advertisement

खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उम्मेदवारले चैत ९ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।