लण्डन । बेलायतमा आगलागीमा परी नेपाली दिदीबहिनीको निधन भएको छ । सोमबार साँझ स्कटल्याण्ड राज्यको एबरडीनस्थित ब्ल्याक हिल्टन रोडमा लागेको सो आगलागीमा परी शिक्षा सुवेदी र आँचल सुवेदीको घटनास्थलमै निधन भएको हो ।
स्थानीय एबरडीन लाइभका अनुसार शिक्षाको उमेर २४ वर्ष रहेको छ भने आँचल पनि २० वर्षकै हाराहारीमा भएको बताइएको छ ।
सो आगलागीमा परेका अरु पाँच जना भने उपचारपछि घर फर्किसकेको बताइएको छ ।
सुवेदी दिदीबहिनी डा यज्ञ सुवेदीको छोरीहरु हुन् । डा सुवेदी पोखरा विश्वविद्यालयका पूर्व प्राध्यापक पनि हुन् ।
घटनाको बारेमा स्कटल्याण्ड प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
आगलागीका बारेमा जानकारी पाएको र एम्बुलेन्स, दमकल लगायत आकस्मिक सेवाका १४ वटा साधन त्यहाँ परिचालित भएको बताएको छ ।