काठमाडौं । वरिष्ठ साहित्यिक पत्रकार रुक्मिणी श्रेष्ठ र रोचक घिमिरे प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार-२०८० बाट सम्मानित भएका छन् । आईतबार नेपाल प्रज्ञा प्रतिष्ठानले उनीहरूलाई सम्मान गरेको हो ।
पत्रकार श्रेष्ठले २००८ सालदेखि थौंकन्य मासिक पत्रिका सञ्चालन गर्दै आएकी छन् भने घिमिरेले २०१८ सालबाट रचना द्वैमासिक पत्रिका सञ्चालन गर्दै आएका छन् ।
दुवै पत्रकारलाई जनही ५० हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो ।