November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

हमास-इजरायल युद्ध: जोशीको रिहाइको पहल गरिदिन कतारसँग मन्त्री साउदको आग्रह

1.4K

काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले हमास-इजरायल युद्धको क्रममा बेपत्ता भएका नेपालका विपिन जोशीको रिहाइको पहल गरिदिन कतारसँग आग्रह गरेका छन् ।मंगलबार परराष्ट्रमन्त्री साउदले नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग मन्त्रालयमा भेट गरी जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका हुन् ।

हमासको नियन्त्रणमा रहेका भनिएका कञ्चनपुरका जोशीको रिहाइका लागि सबै उपाय लगाउन मन्त्री साउदले कतारी राजदूत अन्सारीसँग आग्रह गरेका छन् ।

भेटमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताउदै जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास जारी रहेको बताए ।

Advertisement

मन्त्री साउदले यसअघि ८ मंसिरमा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका दागि पहल गरिदिन आग्रह गरेका थिए ।