काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका पाँच एसपीहरूलाई सोही समूहतर्फको एसएसपी पदमा बढुवा गरेको हो ।
बढुवा सिफारिस हुनेमा नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं १ नक्सालमा कार्यरत बसन्त रजौरे, नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत रविकुमार पौडेल, काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं २ महाराजगंजमा कार्यरत नबिनराज राई, लुम्बिनी प्रदेश प्रहरी कार्यालयको मानवस्रोत व्यवस्थापन महाशाखा दाङमा कार्यरत वीर बहादुर ओली र काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा कार्यरत चन्द्रदेव राई छन्।





