November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

झापामा एम्बुलेन्सको ठक्करबाट वृद्धको मृत्यु

२०८० कार्तिक १४

1.6K

विराटनगर । झापाको बिर्तामोड नगरपालिका-१ अदुवापुल स्थित पुर्व पश्चिम लोकमार्गमा एम्बुलेन्सको ठक्करबाट वृद्धको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोमबार साँझ सवा ५ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको श्री सिद्ददेवी कृषि सहकारी संस्था ईलामको एम्बुलेन्सले बिर्तामोड नगरपालिका-४ कि ६९ बर्षिया सीता साह कल्वारलाई पैदल यात्राको क्रममा ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्करबाट गम्भिर घाईते भएकी उनको उपचारको क्रममा प्रादेशीक अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।

एम्बुलेन्स र एम्बुलेन्स चालक ईलामको माईजोगमाई नगरपालिका-३ का ३६ वर्षीय सुजन प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement